हरि ढकालको जित आधा करोड लगानीकर्ताको जित भएको अम्बिका पौडेलले लेखे स्ट्याटस

काठमाडौं । ठूला सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलले हरि ढकालको जितलाई करोड लगानीकर्ता जित भएका स्ट्याटस लेखेका छन् । यति धेरै लगानीकर्ता रहेको पुँजी बजारलाई नीति निर्माता अनि नियामकहरूले नबुझि दिँदा आजको यो अवस्थामा आएको उनले आफ्नो स्ट्याटसमा लेखेका छन् ।

विगत १४/१५ महिनादेखि निरन्तर पुँजी बजार ओरोलो लागेको छ । ३२ सय बिन्दुभन्दा माथि उक्लिएको पुँजी बजार १८ सयको हाराहारीमा पुग्नुको प्रमुख कारक नियामक निकाय र उसको कमजोर बुझाइ भएको उनको छ ।

लगानीकर्ताले पुँजीबजार बुझाउन नसकिरहेको वर्तमान अवस्थामा समग्र पुँजी बजार बुझेको एउता युवालाई चितवन–१ ले विश्वास गरी सदनमा पठाएकोमा हार्दिक आभार व्यक्त पनि उनले गरेका छन् ।

‘उनले स्ट्याटसमा लेखेका छन् ‘ढकालको विजयले आधा करोड लगानीकर्ताको संसदमा प्रतिनिधित्व महसुस भएको छ । उनको कार्यकालमा पूँजीबजार सम्बन्धी नीतिमा सुधार भई लगानीकर्तालाई राहतको अनुभूति हुने विश्वास छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स