सेयर बजारको प्रतिनिधित्व गर्दै हरि ढकाल बने सांसद

काठमाडौं । चितवन–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । सेयर बजारको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ निर्वाचनमा होमिएका ढकाल अब सांसद बनेर यस क्षेत्रका मुद्दाहरूलाई अगाडी बढाउने भएका छन् । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

ढकालले ३४ हजार १८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६०८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे । सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी भएका छन् । थपलियाले १७ हजार ६८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार ७१२ मत पाएका थिए । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो ।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकिकृत समाजवादी)का कृष्णप्रसाद खनाल विजयी भएका छन् । खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरेका थिए । यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ ।उनी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको चेला पनि हुन् । उनले तीनै गरुलाई पछाडि पारेर विजय भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स