पुँजी बजारका विषयमा अम्बिका पौडेलको विश्लेषणः ‘आईस मेल्टिङ’ हुन समय लागेको हो, उम्लन समय लाग्दैन’

पुँजी बजार बढ्ने यी हुन १२ आधार

काठमाडौं । पुँजी बजारका भेट्रान लगानीकर्ता अम्बिका प्रसाद पौडेलले अब बजार बढ्ने बताएका छन् । हाम्रोअर्थसँग कुरा गर्दै उनले भने ‘आईस मेल्टिङ’ हुन समय लाग्छ तर, पानी बनेपछि उम्लन समय नलाग्ने बताउँदै पुँजी बजार पनि अबको केहि समयमा राम्रो हुने बताएका हुन् । सेयर बजार ‘लो’ विन्दु क्रस गरेर फर्किसकेको छ,’ उनले भने ‘अब बजार राम्रो हुन्छ र यसमा अवसर र सम्भावना पनि प्रशस्तै छ ।’

अहिले पुँजी बजारको अवस्था भनेको पानी मन तातो हुन समय लागेको जस्तै अवस्था हो । पानी मनतातो भएपछि जसरी उम्लन समय लाग्दैन, त्यसरी नै बजार बढ्न थालेपछि आम्कासिन समय नलाग्ने उनले जानकारी गराए ।

नियामक निकायले गरेको नीतिगत व्यवस्थाका कारण बजार केहि तल ओर्लिएको थियो, आम लागनीकर्ताको मनोबल पनि त्यसरी नै गिरेको कारण बजार तल झरेको हो । अब त्यो ‘लो’ विन्दुलाई क्रस गरेर बजारले बुलिस ट्रेन समातिसकेको छ,’ उनले भने ‘अब बजार नबढ्नु विकल्प नै छैन ।’

राजनीतिक रुपमा पनि देशमा नयाँ पुस्ताको प्रवेश भएको छ । जनताले पुराना राजनीतिक पार्टीलाई भन्दा नयाँलाई रोजेका छन् । सधै एउटै शासन सत्ता चल्दैन, त्यहि सत्ता रहिरहन सक्दैन, जनता परिवर्तन चाहन्छ, त्यो नीतिगत रुपमा होस् यो अन्य जुनसुकै रुपमा होस् भन्ने सन्देश अहिले निर्वाचन परिणामले दिएको छ ।

अब बन्ने सरकारले बनाउने नीति देशको आवश्यक, माटो सुहाउँदो र आम लगानीकर्ताको मनोबल जित्ने हिसाबले बन्ने हुनाले पनि बजार बढ्ने निश्चित भएको उनले बताए ।

विश्वव्यापी रुपमा ब्याज र मूल्य वृद्धि हुँदा समेत पुँजीबजार सबैतिर बढेको टिप्पणी गर्दै उनले भने ‘अब नेपालको पुँजी बजार बढ्ने नै हो, अझ भन्ने नै हो भने यो लगानी गर्ने उपयुक्त समय पनि हो ।’ अब बजार बढ्दैन कि भनेर लगानी गर्न डराउनु पर्दैैन, ढुक्क भएर लगानी गर्दा यसले राम्रै प्रतिफल दिन्छ ।

यी हुन बजार बढ्ने पर्याप्त आधारहरू
ब्रोकरहरुको संख्या थपिदै छ ।
नयाँ स्टक एक्सचेन्ज आउने प्रक्रियामा छ ।
बुक बिल्डिङको कार्य अघि बढी रहेको छ ।
धितोपत्र बजार न्यून बिन्दुबाट बिस्तारै माथि लाग्दै छ ।
रेमीट्यान्स वृद्धिको ग्राफ बढ्दो छ ।
लामो समय पछि भुक्तानी सन्तुलन सकरात्मक भएको छ ।
वैदेशिक मुद्रा सञ्चिति सुधार भईरहेको छ ।
बैंकहरू तरलता व्यवस्था गर्न सफल भएका छन् । सीडी रेसियो सीमाभन्दा तल आएर सहज अवस्थामा रहेको छ । बैंकिंङ क्षेत्रको डिपोजिटले नयाँ उचाई कायम गरेको छ ।
पर्यटकको आगमन बढेको छ ।
कच्चा तेलको मूल्य यो आव देखि नै घटिरहेको छ ।
स्थानीय निर्वाचन सम्पन्न भै सकेको छ ।
अब प्रदेश र संघको निर्वाचन छिट्टै हुँदै छ ।
त्यसैले आगामी दिनमा पुँजीगत खर्च राम्रोसँग हुन्छ ।
यी सबै सकरात्मक कुराहरूले बिगतमा चिसिएको आर्थिक गतिविधिहरू बिस्तारै तात्दै गरेको देखिन्छ । आशा गरौं आगामी दिनमा आर्थिक सूचकांकहरु अझैं सुधार भई अर्थतन्त्र थप चलायमान भई राजस्व लक्ष्य अनुरुप प्राप्ति हुने छ भने क्रमश ऋणको ब्याजदर पनि घटने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स