७ अंकले घट्यो नेप्से, दुई कम्पनीमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.९९ अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख २९ हजारको कित्ता सेयर १ अर्ब २ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यसैगरि, सिभिल बैंकको सेयरमा १० प्रतिशत र घलेम्दी हाइड्रोमा ९.९८ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ७७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको ११ करोड ९ लाख, सिभिल बैंकको ६ करोड ८२ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ६ लाख र नेशनल लाइफ इन्स्योरेन्सको ३ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स