सेयर बजारमा सामान्य वृद्वि, ९ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) सेयर बजारमा सामान्य वृद्वि देखिएको छ ।

आज नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ अंक विन्दुमा पुगेको छ ।

त्यस्तै आज १ करोड ५६ लाखको कित्ता सेयर ९ अर्ब २९ करोडमा खरिद बिक्रि भएको छ ।

त्यसैगरी ७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनी स्थिर अवस्थामा रहेको छ ।

यो दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रोपावर कम्पनी, नबिल बैंक र अपि पावर कम्पनी कारोबार रकमका आधारमा सबैभन्दा अगाडि छन् ।

आज भएका कारोबारमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स