पिपुल्स हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज बुधबार बाँडफाँट हुने भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज दिउँसो ४ बजे क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले कार्तिक २५ गतेबाट सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३ सय ९० कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता पनि समावेश गरेको छ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’बाट खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानिय स्थायी बासिन्दाहरुलाई ३२ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड बराबरको ८० लाख बराबरको सेयर निष्काशनको लागि अनुमति पाएको छ ।

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स