चार दिनपछि खोलेको सेयर बजारमा गिरावट, १ अर्बको कारोबार हुँदा नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । चार दिनपछि खोलेको सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ६३ हजारको कित्ता सेयर १ अर्ब ३५ करोड २८ लाखमा खरिद बिक्री भएको छ ।

आज ५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको घटेको छ ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड १६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, रिदी पावर कम्पनीको ८ करोड ६७ लाख, हिमालयन डेष्टिलरीको ८ करोड ६० लाख, शिवम् सिमेन्ट्सको ८ करोड ४३ लाख र न्याङदी ग्रुपकोृ ४ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स