काठमाडौं । सेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा सेयर खरिद गर्न पाउने सुविधालाई मार्जिन कारोबार भनिन्छ । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ । यस्तो ऋण सेयर ब्रोकरहरूले उपलब्ध गराउँछन् । यसरी, ऋण दिलाएवापत सेयर ब्रोकरहरूले ब्याज अथवा अन्य शूल्कहरु लिन्छन् ।
मार्जिन कारोबार बजारमा हुने उतारचढाबबाट प्रतक्ष्य लाभ लिनका लागि तत्कालिन रुपमा गरिने कारोबार हो । यो मार्जिन कारोबारमा लगानीकर्ताले आफूसँग भएकोभन्दा केही बढी रकम कारोबार गर्ने गर्दछन् । ब्रोकरले मार्जिनको रुपमा उपलब्ध गराउने रकमको ब्याज अथवा अन्य शूल्कहरू तिरेर यस्तो कारोबार गर्ने प्रचलन छ ।
यो मार्जिन कारोबार भनेको दीर्घकालिन लगानीभन्दा पनि अल्पकालिन हो । यो मार्जिन बढीमा ३ महिनासम्मको लागि दिइन्छ । यो महिना सकिए पछि नवीकरण गर्ने गरिन्छ । यसको लागि लगानीकर्ताले ब्रोकरसँग एउटा स्ट्यान्डर फरम्याटमा सम्झौता हुन्छ । सम्झौता पछि मात्रै उसँग कारोबार सुरु हुन्छ ।
लगानीकर्ताले गर्ने सम्झौतामा सुरुको मार्जिन कति हुने, सम्भार मार्जिन कति हुने, मार्जिन कल कसरी गर्ने, मार्जिन कल नहुँदा रेखदेख कसरी गर्ने र त्यसको हिसाब किताब कसरी राख्ने भन्ने विषयहरू हुन्छन् । त्यो सम्झौता गर्दा लगानीकर्ताले एउटा ब्रोकरबाट मात्र कारोबार गर्ने स्वघोषणा गर्नु पर्छ ।
लगानीकर्ताको सामथ्र्यता ब्रोकरले मार्जिन कारोबार दिने गर्दछ । लगानीकर्ताले सामथ्र्य देखिएका ब्रोकरले मार्जिन कारोबार गर्ने सुविधा दिन्छ भने त्यो नदेखेमा लगानीकर्ताले सुविधा पाउँदैन । त्यसको एउटा मार्जिन खाता खोलेको हुन्छ ब्रोकरले छुट्टै खातामा त्यसको सेयर जम्मा गर्छ । र, बैंक हिसाब पनि मार्जिन एकाउन्टमा राख्छ । र, सेयर पनि एउटा मार्जिन निक्षेप खाता खोलेर त्यहाँ जम्मा गर्छ ।
वास्तविक मार्जिन भन्ने बित्तिकै हामीले धितोपत्रको बजार मूल्य बजारम मूल्यमा नगद पनि जोडिएको हुन्छ । त्यसमा मार्जिन ऋण रकम हटाउने त्यसलाई धितो पत्रको बजार मूल्य र जम्मा गरेको नगद प्रतिशतमा निकाल्यो भने त्यसको वास्तविक मार्जिन प्रतिशत प्राप्त हुन्छ ।
मार्जिन खरिद गन्तर्गत खरिद भएका तथा मार्जिन कल थप गरिएका धितोपत्रहरुको वर्तमान बजार मूल्यलाई धितोपत्रको बजार मूल्य भनेर भनेको छ । यो कारोबारीबाट छोटो समयमा लाभ लिन सकिन्छ । यो कारोबारमा १० लाख भएका लगानीकर्ताले २० लाखसम्मको कारोबार गर्न सक्ने भए । त्यसले भोल्यूम क्रियट गर्दछ ।
कस्ता कम्पनीलाई दिन सकिन्छ ?
धितोपत्र बोडको निर्देशन अनुसार मार्जिन दिनको लागि धितोपत्र बोर्ड भन्दा कम्तिमा १० हजार सेयर धनी हुनु पर्यो । खुद सम्पती ऋणात्मक नभएको हुनु पर्यो । पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत भन्दा बढी डिभिडेन्ट दिएको हुनुपर्यो ।
दोस्रो बजारमा कम्तीमा ८० प्रतिशत दिनमा सेयर कारोबार भएको हुनुपर्यो । र, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारणसभा गरेको हुनु पर्यो ।
यी ५ वटा मापदण्ड पूरा गरेको कम्पनीलाई मात्रै मार्जिन कारोबार सुबिधा दिन सकिन्छ । त्यसबाट छनोट भएको कम्पनीको सुची नेपाल स्टक एक्सचेन्जले देखाउछ । स्टक एक्सचेन्जले प्रकासित गरेको सुची मध्ये फेरि कुन कुनलाई दिने भनेर ब्रोकरले थप सुची निकाल्न सक्छ ।
स्टक एक्सचेन्जले निकालेको सूची अनुसार नै दिनुपर्छ भन्ने छैन । ती मध्ये ब्रोकरले फिल्टर गर्न सक्छ । मार्जिन योग्य धितोपत्र यसरी छनोट गरिन्छ ।
एग्रिमेन्ट गरिसकेपछि व्यवसायीले कम्तीमा ५० प्रतिशत भन्ने कुरा छ सुरुको मार्जिन रकम ब्रोकरको मार्जिन एकाउन्टमा राख्नु पर्यो । त्यसपछि उसले १०० प्रतिशतको सेयर खरिद गर्न पायो । त्यसपछि उसको सम्भार मार्जिन ४० प्रतिशत छ । न्यूनतम ४० प्रतशत भन्दा तल जाने बितिकै मार्जिन कल हुन्छ । मार्जिन कल गरेपछि उसले नगद दिनु पर्ने हुन्छ । अथवा सेयर बिक्री गरेर उसको सेयर असुल्ने भन्ने उल्लेख गरिएको छ ।