काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।
बिहीबार, नेप्से परिसूचक २४.१६ अंकले बढेर १९३५.४२ अंक विन्दुमा आइपुगेको छ ।
आज ४२ लाख ८७ हजारको कित्ता सेयर १ अर्ब ६७ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।
आज १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५ वटा कम्पनीको घटेको छ १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड २० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको १३ करोड ३० लाख, हिमालयन डेष्टिलरीको १० करोड ४ लाख, फवार्ड माइक्रो फाइनान्स लघुवित्तको ७ करोड ७७ लाख र हिमालयन पावरको ६ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।