एचआईडिसीएलको साढे ३ करोड कित्ताभन्दा बढी सेयर लिलामीमा आउँदै

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) को साढे ३ करोड कित्ताभन्दा बढी सेयर लिलामी आउने भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेपछि उक्त सेयर लिलाम बिक्रीमा आउने भएको हो ।

कम्पनीले जेठ २७ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० अंकित मूल्यका ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। । सोमध्ये १ लाख ९६ हजार ४२४ आवेदकबाट कुल ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता सेयरका लागि आवेदन पर्यो । उक्त सेयर भदौ २६ गते बाँडफाँट गरिएको हो । बाँडफाँट नभएको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता सेयर कम्पनीले शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गर्नेछ ।

हकभन्दा बढी शेयर माग गरी दरखास्त दिने आवेदकहरुको बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम भदौ ३१ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा वठाउने व्यवस्था मिलाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स