काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ आज (मंगलबार) बाँडफाँट भएको हो । बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धक सनराइज क्यापिटलले सेयर बाँडफाँट गरेका हुन् ।
कम्पनीले प्रति सेयर १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता सेयर भदौ ५ देखि असोज ३० गतेसम्म आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको लागि निष्काशन गरेको थियो। आईपीओमा २८ हजार ६ सय ८ जना आवेदकहरुबाट ५६ लाख ७९ हजार ८ सय ७० कित्ताको लागि आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार अति प्रभावित आमाछोदींगमो गाउँपालिका वडा नं.५ (साविक चिलिमे गा.वि.स. वर्गमा कूल २,१६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १,३४२ जना आवेदकहरुलाई माग बमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरुलाई ५१० कित्ताका दरले जम्मा ९,४९,२८० कित्ता सेयर बाँडफाँट गरिएको छ।
त्यस्तै प्रभावित आमाछोदींगमो गाउँपालिका वडा नं.४ गोल्जुंग (साविक गोल्जुंग गा.वि.स. वर्गमा कूल १,२६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरुलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्ता सम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्ता सम्म माग गर्ने २३२ जना आवेदकहरुलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्ता सम्म माग गर्ने ५१५ जना आवेदकहरुलाई ३६० कित्ताका दरले जम्मा ३,७४,९२६ कित्ता सेयर बाँडफाँट गरिएको छ।
सामान्य प्रभावित आमाछोदींगमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ (साविक गल्तांग गा.वि.स र हाकु गा.वि.स. वर्गमा कुल ३,५८८ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २,४८३ जना आवेदकहरुलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ जना आवेदकहरुलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ जना आवेदकहरुलाई १६५ कित्ता, ३१० कित्ता देखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० जना आवेदकहरुलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ जना आवेदकहरुलाई १८० कित्ताका दरले जम्मा ४,०६,९५५ कित्ता सेयर बाँडफाँट गरिएको छ।
न्युन प्रभावित बाँकि सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१,३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १०० कित्ता माग गर्ने ११,४८९ जना आवेदकहरुलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५,६६६ जना आवेदकहरुलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २,२०७ जना आवेदकहरुलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १,२३६ जना आवेदकहरुलाई १२० कित्ताका दरले जम्मा १९,१८,७०८ कित्ता सेयर बाँडफाँट गरिएको छ।
बाँकी रहेको १३१ कित्ता शेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँटमा परेका ५१३ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १/१ का दरले १३१ कित्ता सेयर बाँडफाँट गरि कुल ३६,५०,००० कित्ता सेयर बाँडफाँट भएको छ ।
आयोजना प्रभावित अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्युन प्रभावित स्थानिय बासिन्दाहरुलाई क्रमश ४.२५ः ३ः १.५ः १ को अनुपातमा सेयर बाँडफाँट भएको हो।