काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ अंक विन्दुमा आइपुगेको छ ।
आज २७ लाख ४५ हजारको कित्ता सेयर १ अर्ब २ करोड ३६ लाखमा खरिद बिक्री भएको छ ।
आज ४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको घटेको छ ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
आज हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड २२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख, नेपाल टेलिकमको ४ करोड ६७ लाख, शिवम् सिमेन्ट्सको ४ करोड ४८ लाख र नेपाल रि इन्स्योरेन्सको ३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।