नेप्सेमा हरियाली छाउँदा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक २१.१६ अंकले बढेर १९०४.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज २४ लाख ५२ हजारको कित्ता सेयर ९४ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।

आज १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको घटेको छ ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।

त्यस्तै, आज तारागाँउ रिजेन्सी होटलको सेयरमा ९.८४ प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरि, सप्तकोशी विकास बैंकमा ८.३९%, बुद्धभूमि नेपालमा ७.२९%, रिभर फल्स पावरमा ७.२५%, लिवर्टी एन्र्जीमा ६.६७%, छ्याङ्दी हाइड्रोपावरमा ६.४५%, ग्रामीण विकास लघुवित्तमा ६.०७%, कर्पोरेट विकास बैंकमा ६.०५%, हिमालयन डिस्टीलरीमा ६.०५% र एशियन लाइफ इन्स्योरेन्समा ५.७६ प्रतिशतले सेयर उकालो लागेको छ ।

आज लक्ष्मी इक्युुटी फण्डको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर ६.५८ प्रतिशतले घटेको छ ।

त्यस्तै, नगदी गु्रप पावरको ५.२०%, मन्दाकिनी हाइड्रोपावरको ३.२०%, सिग्नटी हाइड्रोको २.९५% र सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको १.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स