काठमाडौं । नेप्सेमा खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।
सोमबार नेप्सेमा खप्तड लघुवित्तको १०० अंकित दरका कुल ४ लाख कित्ता सूचीकृत भएको हो। जसमा संस्थापकको २ लाख ६८ हजार कित्ता र सर्वसाधारणको १ लाख ३२ हजार कित्ता छन्। नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०१.०७ रुपैयाँदेखि ३०३.२१ रुपैयाँसम्म तोकेको छ । भोलि सोही मूल्यभित्र रहेर खप्तडको पहिलो कारोबार हुनेछ ।
लघुवित्तलाई नेप्सेले केएलबीएल कारोबार संकेत प्रदान गरेको छ। खप्तडको आईपीओ गत भदौ २० गते बाँडफाँट भएको थियो ।
त्यस्तै, नेप्सेमा सिक्लेस हाइड्रोपावरको १०० अंकित दरका कुल ८५ लाख कित्ता सेयर सूचीकृत भएको हो। जसमा संस्थापकको ६५ लाख कित्ता, सर्वसाधारणको ११ लाख ५० हजार कित्ता र स्थानीयको ८ लाख ५० हजार कित्ता छन्। यसको ओपनिङ रेन्ज प्रतिकित्ता ११६.८६ रुपैयाँदेखि ३५०.५८ रुपैयाँ रहेको छ ।
सिक्लेसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘एसआइकेएलइएस’ संकेतमा सेयर कारोबार हुनेछ । सिक्लेसको आईपीओ असोज ११ गते बाँडफाँट भएको थियो ।