नेप्सेमा १ करोडबढी कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ङादी ग्रुप पावर लिमिटेडको १५० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गरेको थियो।

यो हकप्रदमा बिक्री हुन नसकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर कम्पनीले पछि लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।

उक्त सेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिद बिक्रि गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स