अझै ५० अंकले बजार घटे पनि नआत्तिनोस्, कम्पाउण्ङि भ्यालुमा प्रतिफल पाउनु हुन्छः छोटेलाल रौनियार

काठमाडौं । इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियारले अहिले सेयर बजारमा लगानी गर्ने उपयुक्त समय भएको बताएका छन् । बजार अहिले ‘रेड जोन’ बाट ‘ग्रीन जोन’ मा उकालो लाग्दै गरेकोले लगानी गर्ने उपयुक्त समय भएको उनले बताएका हुन् । ‘यो लगानी गर्ने खराब समय होइन, बादलको छिद्रहरू देखिएको हो,’ छिट्टै फाट्छ,’ उनले भने ‘ढुक्क भएर लगानी गर्नोस्, प्रतिफल कम्पाउण्डिङ भ्यालुमा पाउनु हुन्छ ।’

अहिले तरलता बढ्ने र ब्याजदर घट्ने धेरै कारणहरू देखा परेका छन् । यो समय पाकिसकेको रोटी खाने समय हो । छोटो समयमै बजारले बुलिस टे«ण्ड समातेकोले अहिले लागनी गर्ने ८० प्रतिशत अवसर भएको रौनियारले बताए । १५ महिला ब्याज तिरिसकेका, पछिल्लो समय भएका ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज, एनआरएनलाई भित्र्र्याउने देखि रेमिट्यान्सलाई थप सुविधा दिनेसम्मका विकास भएकोले पनि अहिले लागनी गर्ने वातावरण चारैतिरबाट बन्दै आएको उनले सुझाए ।

नेप्सेमा देखियो बुलिस ड्राईभर्जन, अब बजार बढ्ने पक्का

नेपाल दक्षिण एशियामै कम सेयर मूल्य भएको देश हो भन्ने प्रशंग कोट्याउँदै उनले भने ‘१५ महिनामा साढे १३ सय अंकले घटेको बजारले आम लगानीकर्ताको मनोबललाई कमजोर बनायो । तर, अहिले ‘रेड जोन’ मा बजार छ तर बजार बढ्ने दिन टाढा छैन, हाम्रै वरिपरि घुमिरहेको छ । छिट्टै बुलिस ट्रेन समात्ने छ ।’

सैद्धान्तिक रुपमा बलियो कम्पनी त्यसमा पनि ग्रोथ रेट, नेटवर्थ, ईपीएस राम्रो भएका र एनपीएल कम भएको कम्पनीमा लगानी गर्दा कहिले पनि डराउनु नपर्ने उनकोभ भनाइ छ । पछिल्लो ३ वर्षमा बजारमा धेरै लगानीकर्ता भित्रिए र सेयर शिक्षा बिना नै जथाभावी लगानी भयो । सेयर बजारमा राम्रो दख्खल नभएका लगानीकर्ता अलिकति बजार बढ्दैमा मात्तिने र थोरै घट्यो भने पनि आत्तिने कारणले अहिले आम लागनीकर्ताको मनोबल खस्किएको हो ।

 

उनका अनुसार अहिले पनि ४०/५० अंकले बजार घट्दा समेत आत्तिनु पर्दैन । घटेको बेलामा सेयर बेच्ने नभइ सहनशील भएर थामेर राख्ने र उचित समय आएपछि बिक्री गर्ने हो । उनले थपे ‘अहिले सेयर बेच्दै नबेच्नुस्, यदि तपाईहरूसँग पैसा छ भने जति सक्नु हुन्छ त्यति किनेर राख्नुस् । बैंकको ब्याजदर अब छिट्टै घट्ने देखिएको छ । उद्यमी व्यवसायी ब्याजदर घटाउन सडकमा उत्रिएका छन् । सरकार र राष्ट्र बैंकलाई पनि चर्को ब्याजदर घटाउनु पर्ने दवाव चर्कैछ ।

संसारमा नचलेको १५/१८ प्रतिशतको ब्याजदरको दवदवा अब धेरै दिन नहने बताउँदै उनले भने अब ब्याजदर बढ्दैन, राष्ट्र बैंक आफैले बाध्य भएर ब्याजदर घटाउने नीति बनाउँदैछ । समस्या भएका बेला जोगाउन सकनुपर्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स