काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.०३ अंकले बढेको छ ।
आइतबार २३१ कम्पनीका सेयर ९६ हजार ५९१ पटक कारोबार भएको छ । १ करोड ७१ लाख सेयर खरिद बिक्री हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नन् लाइफ इन्स्योरेन्सको उपसमूह बढेको छ । नन् लाइफ इन्स्योरेन्स उपसमूह ४२४.७७ अंकले बढेको छ ।
१० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २९ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।
बोनस सेयर तथा हकप्रद सेयर घोषणा गरेका कारण केही कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
फस्र्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । आज कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता १०१६ रुपैयाँमा कारोबार भएको थियो भने आज १११७.६० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १०१.६० रुपैयाँले बढेको छ ।
अरुण काबेली पावरले १७.८९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १७ प्रतिशत बनोस सेयर र ०.८९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांष दिने भएको हो । साथै कम्पनीले १ः१ हकप्रद सेयर दिने घोषणा गरेको छ । कम्पनीको सेयर बिहीबार प्रति कित्ता ५९६ रुपैयाँमा कारोबार भएकोे थियो भने आज ६५५.६० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ५९.६० रुपैयाँले बढेको छ ।
सानिमा लाइफ इन्स्योरेन्सको सेयर भदौ १८ गते नेप्सेमा सूचिकृत भएको हो । सेयर बिक्रीकर्ता धेरै नभएकाले सेयर कारोबार भएको दिनदेखि निरन्तर रुपमा बढी रहेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता ५४७.१० रुपैयाँ थियो भने आज ६०१.८० रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ५४.७० रुपैयाँले बढेको छ ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले २ः१ हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयर बिहीबार प्रति कित्ता ५६२ रुपैयाँमा कारोबार भएको थियो भने आज ६१७ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ५५ रुपैयाँले बढेको छ ।
रुरु जलविद्युत परियोजनाले आर्थिक वर्ष २०७६/७७ का लागि १०.५२ नगद लाभांश र आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता १३१० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार १३८० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ७० रुपैयाँले बढेको छ ।
सानिमा माइ हाइड्रो पावरले १०.५२ बोनस सेयर दिने घोषणा गरेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता ५५०.१० रुपैयाँमा कारोबार भएको थियो भने आज ५८८ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ३७.९० रुपैयाँले बढेको छ ।
साधना लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । २५ प्रतिशत बोनस र १.३२ प्रतिशन कर प्रयोजनका लागि नगद लाभांश दिनेछ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता १८६१ रुपैयाँमा कारोबार भएको थियो भने आज १८७४ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १३ रुपैयाँले बढेको छ ।
नेपाल रिइन्स्योरेन्स कम्पनीले १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा १६.५ प्रतिशत बनोस सेयर र २.५ प्रतिशत नगद लाभांश रहेको छ । बिहीबार कम्पनीको सेयर प्रति कित्ता १४३५ रुपैयाँमा कारोबार भएको थियो भने आज १४४५.१० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य १०.१० रुपैयाँले बढेको छ ।