काठमाडौं । आज धितोपत्र बजारमा ६ अंकको सामान्य करेक्सन आएको छ । हिजो आइतबार हप्ताको पहिलो दिन नेप्से ४३.२० अंकले बढेर बजार बन्द भएको थियो सबै उपसमूहहरूमा हरीयाली छाएको थियो । तर, आज ५ उपसमूहमा मात्रै हरियाली छाएको छ । हिजोको बढोत्तरीको तुलनामा नेप्सेमा आज ६.४३ अंकको सामान्य करेक्सन भएको छ । केहि दिनदेखि लगातार बढेको बजारमा यो करेक्सन सामान्य हो ।
आज धेरै घट्ने उपसमूहहरूमा विकास बैंक, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा समूह रहेको छ । बिहान बजार खुलेदेखि धेरै उतार चढावकाबीच चलेको बजारमा अन्तिम १ घण्टामा भने सेलिंग पे्रसर आई बजारमा सामान्य करेक्सन भएको छ । कारोबार रकममा भने दिनभर उतारचढावको भई अन्तिम १ घण्टामा सामान्य ६ अंकको करेक्सन भयो ।
विगतका दिनहरूमाभन्दा कारोबार रकममा वृद्धि भएको छ । आज दिनभरको कारोबार २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३९४ रुपैयाँको कारोबार भएको छ भने २२४ वटा कम्पनीको ३५ हजार ११२ पटकको कारोबारबाट ४९ लाख ४४ हजार ७६ कित्ता सेयर कारोबार भएको छ ।
विक्ली र मन्थ्ली टेक्निकललाई नियाल्दा बजार बुलिस चरणमा प्रवेश गरेको देखिन्छ भने दैनिक कारोबारको टेक्निकल विश्लेषण गर्दा विभिन्न रेसिस्टेन्ट र सर्पोटमा संर्घष गर्दै बजार अगाडि नै बढ्ने देखिन्छ । लगातार केहिदिनदेखि बढेको बजारमा आजको करेक्सन सामान्य हो ।