नेप्सेमा २ अर्ब बढीको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा करेक्सन देखिएको छ । सोमबार, नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज ४९ लाख ४४ हजारको कित्ता सेयर २ अर्ब १० करोड ९१ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ, अन्य, लाइफ इप्स्योरेन्स, म्यूचल फण्ड र इन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । आज जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड १६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, शिवम् सिमेन्टस्को ११ करोड ३९ लाख, नेष्डो समृद्विको १० करोड ६२ लाख, रिडी पावरको ९ करोड ६० लाख र हिमालयन डेष्टिलरीको ५ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स