नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि लागू, ३० दिन भित्र आवेदन दिन आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि लागू गरेको छ। नेप्सेले कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको हो ।

नेप्सेले ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुलाई चालु आ.व. २०७९/८० को लागि तथ्यांक प्रयोग गर्नको लागि ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

कार्यविधिअनुसार नेप्सेको तथ्यांक विभिन्न ४ प्रकारमा उपलब्ध गराइनेछ। जसअनुसार रियल टाइम, रियल टाइम डिले डाटा, अफलाइन हिस्टोरिक डाटा र वान-टाइम इन्स्टलेसन चार्ज रहेका छन्।

यीमध्ये वान–टाइम इन्स्टलेसन चार्ज सबै प्रकारका कम्पनीका लागि २ लाख रुपैयाँ तोकिएको छ। अफलाइन हिस्टोरिक डाटा भने ६ महिनामाथि तथा सबै वर्षका लागि भने कम्पनीहरुअनुसार ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म तोकिएको छ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/11/nepse-karyabidhi.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स