नेप्सेमा देखियो बुलिस ड्राईभर्जन, अब बजार बढ्ने पक्का

काठमाडौं । नेप्सेले पछिल्लो समय सेप्टेम्बर २५ मा १८११ को दोस्रो पटक ‘लो’ लगाइ सकेपछि एउटा १८९८ सम्मको एउटा र्याली आएको थियो त्यसपछि करेक्सन भई तेस्रो पटक १८३४ सम्मको तेस्रो ‘लो’ लगाएर करिब छौँटौ दिनदेखि बजार लगातार अपट्रेन्डमा छ । बिचमा १६ अंकको सामान्य करेक्सन आएर पुनः बजारले अपट्रेन्ड नै समातेको छ ।

आज बजार बन्द हुँदा ४३.२० अंक वृद्धि भई १९६५.३६ विन्दुमा नेप्से बन्द भएको छ । नीतिगत रुपमा केहि सुधारको संकेतसँगै आगामी महिनादेखि निक्षेपको ब्याजदर घट्ने एक समारोहकाबीच बैंकर एसोसिएसनका अध्यक्ष अनिल उपाध्याले खुलासा गरेसँगै ब्याजदरको उच्चतम बिन्दुबाट ब्याजदर ओरालो लाग्ने संकेत गरेको छ । ब्याजदर बढ्दा बियरिस सुरु हुने र ब्याजदर घट्दा बुलिस सुरु हुने सेयर बजारको चक्रिय प्रणालीनै हो ।

प्राविधिक रुपमा नेप्सेलाई हेर्नुपर्दा मन्थ्ली इन्डिकेटर र विक्ली इन्डिकेटरहरूमा बुलिस ड्राईभर्जन देखिएको छ । विक्लीमा आर.एस.आईमा डब्लु प्यार्टन बनाएर ४३.६९ पुगेको छ । आर एस आई ४० माथि जानु विक्ली, मन्थ्ली र डेल्लीमा पनि बजार बुलिसमा जाँदैछ भन्ने बुझिन्छ । आज आर एस आई डेल्लीमा ६२.७१ मा पुगेको छ । जसले मार्केटलाई बुलिस रयालीमा छ भन्ने जनाउँछ । त्यसै गरि मन्थ्ली आर एस आई पनि ४१ मा सपोट लिइ ४४.७१ मा पुगेको छ । आर एस आई ४० माथि रहनु टेक्निकल रुपमा पोजेटिभ मानिन्छ ।


एम ए सि डी लाई डेल्लीमा नियाल्दा एम. ए. सी. डीको ग्रिन लाइन ०.८५ मा आएको छ । जिरो लाइन माथि एम. ए. सी. डी आउनु सेयर बजारको लागि पोजेटिभ संकेतका रुपमा लिइन्छ भने हिस्टोग्राम बारहरू जिरो लाइन माथि क्रमिक रुपमा लम्बिदै गएको छ । भने विक्लीमा पनि हिस्टोग्राम बारहरू जिरो लाइन माथि बन्न थालेको छ जसले मार्केट बुलिस ड्राईभर्जन भएको संकेत गर्दछ भने मन्थ्लीमा हिस्टोग्राम बारहरू जिरो लाइन मुनि फिका स्याडो बनि छोटिदै गईरहेको छ । जसले मन्थ्लीमा पनि बुलिस ड्राईभर्जनको संकेत गरेको छ ।

त्यसै गरी इस्टोची आर.एस.आईले पनि मन्थ्लीमा ३२२७ हुँदा १०० बाट ड्राईभर्जन भई बियरिस यात्रा सुरु भएको इन्डिकेटरमा १८११ को लो लगाए उकालो लागेपछि इस्टोची आर.एस.आईमा बुलिस ड्राइभर्सन देखिन सुरु गरेको छ । जुन इस्टोची आर.एस.आईको ग्रिन लाईन १३.४३ बाट ड्राइभर्सन लिँदैछ भने रेड लाइन १९.३४ अंकमा आई पुगेको छ जसले यूट्रनको रेखा बनाएको छ ।

विक्ली                                                                                 मन्थली

त्यसै गरी मन्थ्ल्लीमा एम एफ आई इन्डेक्सले पनि २१.५७ बाट यूट्रन गरि एम एफ आई इन्डेक्स २७.६१ आई पुगेको छ । जुन इन्डेक्स नेप्से ३२२७ बाट निरन्तर तल झरेको थियो जसमा हाल आएर ड्राईभर्जन देखिएको छ ।

माथि उल्लेखित विभिन्न इन्डिकेटरहरूले मन्थ्ली र विक्लीमा बुलिस डा«ईभर्जन सहित मार्केटले बटम लगाइ नयाँ बुलिस यात्राको चरणमा प्रवेश गरेको स्पष्ट संकेत गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स