काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ अंक विन्दुमा आइपुगेको छ ।
आज ३९ लाख १३ हजारको कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।
आज १८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि आज ७ वटा कम्पनीको सेयरमा सर्किट लागेको छ ।
मानुषी लघुवित्तमा १०%, जाल्पा सामुदायिकमा १०%, नेष्डो समृद्विमा १०%, उपकार लघुवित्तमा १०%, उन्नति सहकारीमा ९.९१%, श्वेतगंगा हाइड्रोपावरमा ९.५२% र मनकामना स्मार्ट लघुवित्तमा ९.५१ प्रतिशतको सर्किट लागेको छ ।