माइक्रोफाइनान्स उपसमूहमा लगानीकर्ताका आकर्षण, ४ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । आज आइतबार नेप्से परिसूचक १.३० मिनेट जाँदा २६.८२ अंकले वृद्धि भएको छ । योसँगै माइक्रोफाइनान्स उपसमूहमा लगानीकर्ताको आकर्षण बढेको छ । कारोबार रकममा आएको तेजीसँगै ४ वटा कम्पनीले सकारात्मक सर्किट लगाइसकेको छ भने केहि कम्पनीहरू सर्किट लेभलमा पुगिसकेका छन् ।

सर्किट लाग्ने कम्पनीहरूमा WNLB, JALPA, NESDO, ULBSL यी कम्पनीहरूले सर्किट हानिसकेको छ भने अन्य कम्पनी पनि सर्किट लाग्ने लेभलमा पुगेका छन् । आज जाल्पा लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरी कुल ७६.८७ प्रतिशत लाभांश वितरण गर्ने घोषणाले लागनीकर्तालाई माइक्रोफाइनान्स उमसमूहप्रति आकर्षण बनाएको छ ।

योसँगै अन्य माइक्रोफाइनान्स कम्पनीहरूले पनि आकर्षक लाभांश वितरण अपेक्षासहित लगानीकर्ताहरू यस उपसमूहमा आकर्षित भएका छन् । अधिकांश बैंकहरूले नगद लाभांशलाई जोड दिँदा माइक्रोफाइनान्स उपसमूहको सुरुवातमै आकर्षक बोसन सेयर घोषणाले लगानीकर्ता आकर्षित भएका छन् । र अन्य माइक्रोफाइनान्स कम्पनीले बोनस सेयरलाई नै प्राथमिकता दिन्छन् भन्ने लगानीकर्ताको विश्लेषणले गर्दा यस उपसमूहमा ३.४२ प्रतिशतको वृद्धि भएको छ । जुन आजको कारोबारको आकर्षणको उपसमूह भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स