७१ अंकले बढ्यो नेप्से, नन् लाइफ इन्स्योरेन्सको छलाङ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.०३ अंकले बढेको छ ।

आइतबार २३१ कम्पनीका सेयर ९६ हजार ५९१ पटक कारोबार भएको छ । १ करोड ७१ लाख सेयर खरिद बिक्री हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नन् लाइफ इन्स्योरेन्सको उपसमूह बढेको छ । नन् लाइफ इन्स्योरेन्स उपसमूह ४२४.७७ अंकले बढेको छ ।

१० वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । २९ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स