१६ अंकले नेप्से घट्दा एभरेष्ट बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाख ६७ हजारको कित्ता सेयर ८९ करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ नन् लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज २७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज एभरेष्ट बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, गरिमा विकास बैंक प्रमोटर सेयरको ३ करोड ६० लाख, अरुण काबेली पावरको ३ करोड ४५ लाख, एनआईसी एसियाको ३ करोड १७ लाख र शिवम् सिमेन्ट्सको ३ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स