युनिलिभर नेपालको लाभांश घोषणा

काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । बुधबार भर्चुअल माध्यमबाट सम्पन्न कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ४ गतेदेखि मङ्सिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

कम्पनीले आउँदो वार्षिक साधारणसभाबाट लाभांश स्वीकृत गरी ४५ दिनभित्र सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स