इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, १९ सय ९६ जनाको आवेदन रद्द, यी ४ तरिकाबाट हेर्नुस् नतिजा

काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिहिबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आफ्नै कार्यालयमा सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख २५ हजार १९० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।

आईपीओमा कुल १३ लाख ५८ हजार २ सय २० जना आवेदकले आवेदन दिएकोमा १९ सय ९६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य रहेका १३ लाख ५६ हजार २ सय २४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ । गोलाप्रथामार्फत सेयर बाँडफाँट गर्दा ६२ हजार ५ सय १९ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी आवेदक हात खाली भएका छन् ।

नतिजा प्रकाशन भएको केहिसमयपछि यी ४ तरिकाबाट नतिजा हेर्न सकिने छ।

१. बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट : https://www.nmbcl.com.np

२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login

३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/

४. इस्टर्न हाइड्रोको वेबसाइट : https://ehpl.com.np/

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स