लगातार ४ दिनदेखि बढेको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै वृद्धि

काठमाडौं । लगातार साइड वेजमा चलेको बजारमा ४ साताको एकुमुलेशनपछि सेयर बजारमा लगातार सुधार आएको छ । ४ दिनको अन्तरालमा ९४.१६ नेप्से परिसूचक बढेको छ । योसँगै नेप्से परिसूचक १९३८.३० अंक कायम भएको छ भने विगत ४ दिनको कारोबार रकममा पनि सुधार भएको छ । औसत दैनिक ५० करोडको कारोबार हुँदै आइरहेको बजारमा आज १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँको नयाँ कारोबार भएको छ भने नेप्से परिसूचक पनि ७.३२ अंक बढेर बन्द भएको छ ।

आज कुल २२७ कम्पनीको कारोबार हुँदा १४४ वटा कम्पनीको कारोबार बढेको छ, ७१ वटा कम्पनीको कारोबर घटेको छ भने १२ वटा कम्पनीको कारोबार घटबढ नभइ स्थिर रहेको छ । आज धेरै प्रतिशत बढ्ने क्षेत्रमा अन्य क्षेत्र रहेको छ, जस्को १.४४ प्रतिशत वृद्धि भएको छ भने घट्नेमा ट्रेडिङ क्षेत्र रहेको छ, जसमा १.२३ प्रतिशत करेक्सन भएको छ ।

आज कारोबार भएका १३ क्षेत्रमध्य १० उपसमूहमा हरियो छाएको छ भने ३ उपसमूहमा मात्रै रातो भएको छ । राजनीतिक पार्टीहरूले सेयर बजार प्रतिको आफ्नो धारणा र सेयर बजारको नीतिगत सुधारका प्रतिवद्धताहरू घोषणापत्रमा समेट्नाले पनि लगानीकर्ताहरू उत्साहित भएका छन् ।

१४ महिना लगातार बढेको बजार बुलिस ट्रेनबाट बेयरिस ट्रेनमा १५ महिना करेक्सन भइसकेको छ । जसले गर्दा सेयर बजारको बुल र बियरको साइकल पनि पुरा भइसकेको अनुभवी लगानीकर्ताहरूको विश्लेषण छ ।

बैकिङ प्रणालीमा तरलता सहज हुँदै गर्दा मार्जिन कर्जाको रेसियो पनि अत्याधिक रुपमा घटेको तथ्यांक बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले ४/१२ को नीति ल्याएपछि सेयर धितोकर्जा १ वर्षमा करिब ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँ सीमित भएको छ । गत असोजमा करिब ५ अर्ब रुपैयाँ सेयर धितोकर्जा घटेर ५५ अर्बको हाराहारीमा झरेको छ । यस तथ्यांकलाई नियाल्ने हो भने राष्ट्र बैंकको सेयर लोन मुक्त सेयर बजार नीतिले सफलता पाएको देखिन्छ ।

यो मार्जिन कर्जा नेप्स परिसूचक ११ सय बिन्दुमा हुँदा ३८ अर्ब मात्रै थियो । अहिले नेप्से परिसूचक करिब १९ सय २ हजारको हाराहारीमा हुँदा मार्जिन कर्जा ५५ अर्बमात्रै हुनु नगन्य हो । यसले पनि सेयर बजार कर्जा मुक्त हुँदै गएको देखिन्छ ।
नजिकिदो चुनावको माहोलसँगै तरलतामा सहजता हुने विश्लेषणका साथ लागनीकर्ताहरू उत्साहित भइ नेप्से परिसूचक र कारोबार रकममा लगातार सुधार आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स