नेप्से ७ अंकले बढ्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ७.१९ अंकले बढेर १९३८.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख ४६ हजारको कित्ता सेयर १ अर्ब ४६ करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, टे«डिङ र नन् लाइफ इन्स्योरेन्स सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।

आज १२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ८५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको ५ करोड ६६ लाख, रिडी पावर कम्पनीको ५ करोड १९ लाख, गोर्खाज फाइनान्सको ३ करोड ९४ लाख र हिमालयन डेष्टिलरीको ३ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स