इस्टर्न हाइड्रोपावरको आईपीओ कार्तिक १८ गते बाँडफाँट हुने

काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको निष्काशन गरेको आईपीओ बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कार्तिक १८ गते शुक्रबार सेयर बाँडफाँट गर्ने तयारी गरेको हो । इस्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओ प्रि(अलोटमेन्ट आज कार्तिक १५ गते मंगलबार हुने भएको छ ।

कम्पनीले असोज २८ गतेदेखि स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा बिक्री नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स