अर्थतन्त्रको सूचकांकमा सुधारको अपेक्षासँगै सेयर बजारमा छायो हरियाली

काठमाडौं । धेरै समयदेखि निरन्तर ओरालो लागेको नेपालको अर्थतन्त्र केहि महिनादेखि स्थिर हुँदै हाल आएर सुधारोन्मुख देखिएको छ । बैकिङ प्रणाली तरलतमा सहजता देखिनुका साथै सीडी रेसियो पनि निरन्तर घट्दो क्रममा छ ।
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स चाडपर्वसँगै बढिरहेको छ भने वर्षभरिको प्रमुख आर्थिक गतिविधि दसै तिहार तथा छठजस्ता चाडपर्वमा व्यापक रुपमा हुने भएकाले पनि चाडवाड सकिएसँगै बजारमा भएका खर्चहरू बैंकिङ प्रणालीमा भित्रिने क्रममा रहेको छ भने आसन्न चुनावले पनि आर्थिक गतिविधिमा व्यापकता ल्याइदिएको छ ।

जसले गर्दा बैंकिङ प्रणाली र गैर बैकिङ प्रणालीमा हुने खर्चहरू अन्त्यमा बैंकिङ प्रणालीमै भित्रिने छ । जसले गर्दा अर्थतन्त्रमा चलायमान स्थितिको सिर्जना भइरहेको छ ।

विगत केहि महिना अगाडि करिब ७ महिनामात्रै आयात धान्न सक्ने अवस्था रहेको विदेशी सञ्चिति अहिले बढेर ९ महिलालाई धान्ने भएको छ । अर्थतन्त्रमा सुधार आएसँगै असोज महिनामा बैंक तथा वित्तीय संस्थामा ६६ अर्ब रुपैयाँले निक्षेप बढेको छ । यसमध्य वाणिज्य बैंकहरूमा मात्र असोज महिनामा ६१ अर्ब ६४ करोड रुपैयाँ निक्षेप थपिएको छ । यो तरलतामा देखिएको सुधारसँगै पुँजी बजारमा पनि सुधारका संकेतहरू देखिन लागेको छ । पुँजी बजारको उच्चतम बिन्दु र न्यूनतम बिन्दु कसैले पनि किटान गरेर टक्कै भन्न सक्दैन, अनुमान नै गर्ने हो ।

विगत बेरिस ट्रेन्डमा पनि १८८८ बाट निरन्तर बजार घटेपछि ११ सयको बिन्दुमा बजार ‘साइडवेज’ चलेको थियो । त्यतिखेर टेक्निकल विश्लेषण गर्नेहरूले नेप्से परिसूचक ८ सय आउँछ भनेर व्यापक हल्ला गरेका थिए । सोही अनुरुप अहिले पनि नेप्से परिसूचक अझ तल्लो तल्लो बिन्दु देखाएर विश्लेषण गर्नेहरूको कमी छैन ।

यो विश्लेषण भनेको रणनीतिक विश्लेषण हो । तल्लो बिन्दु नदेखाइकन लगानीकर्ताहरूले सेयर बेच्न चाहदैनन् । त्यसैले तल्लो बिन्दु देखाउँदै सेयर उठाउँदै गर्ने ठूला तथा चलाख लगानीकर्ताको रणनीति नै हुन्छ । त्यहि रणनीतिको रनभुल्लमा परेर साना लगानीकर्ताले सेयर बेचेर बाहिरिन्छन् । अनि ठूला लगानीकर्ताहरूले बजारलाई स्थिर बनाउँदै बजार बढाउन सुरु गर्छन ।
अर्थतन्त्रको स्पष्ट सुधारका न्यूजहरू आईसक्दा नेप्से परिसूचक २/४ सय अंक माथि गहिसकेको हुनेछ । जुन साना लगानीकर्ताले पछिमात्र अनुभव गर्नेछन् । उच्चतम बिन्दुमा पनि ३२ सय पुग्दै गर्दा ३५/४ हजारको हल्ला गरेर सेयर बजारबाट ठूला लगानीकर्ताहरूले सेयर बेचेर बाहिरिएका थिए ।

त्यसैगरी अहिले पनि तल्लो बिन्दु देखाएर १८ सयदेखि २ हजारको आसपासमा एकुमुलेशन चलिरहेको छ । स्पष्ट रुपमा अर्थतन्त्रको सूचकांकहरू सुधार भएको न्यूज आईसक्दा बजारले केहि माथिल्लो बिन्दु चुमिसकेको हुनेछ ।

यो रणनीतिक नयाँ तथा कम अनुभवी लगानीकर्ताले मेसो पाउने छैनन् । उनीहरू तल्लो विन्दुको पर्खाइमा सेयर बेचेर बस्दै गर्दा बजारले माथिल्लो बिन्दुको यात्रा सुरुवात गरिसकेको हुनेछ । सेयर बजार सिधा रेखामा कहिल्यै चल्दैन । किन्नु छ भने तल्लो बिन्दु देखाउने, बेच्नु छ भने माथिल्लो बिन्दु देखाउने स्पार्ट लगानीकर्ताहरूको रणनीति नै हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स