काठमाडौं । तिहार पछिको पहिलो कारोबार भएको दिन सेयर बजारमा हरियाली छाएको छ ।
सोमबार, नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ अंक विन्दुमा आइपुगेको छ ।
आज २५ लाख ७४ हजारको कित्ता सेयर ६९ करोड ७३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ डेभलपमैन्ट बैंक बाहेक सबै कम्पनीहरुमा हरियाली देखिएको छ ।
आज ११० वटा कम्पनीको सेयर मूल्य बढ्दा ६५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सयपत्री हाइड्रोपावरमा १० प्रतिशतको सर्किट लागेको छ ।
आज एनआईसी एशिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड १७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि,एभरेष्ट बैंकको ४ करोड ३९ लाख, नबिल बैंकको ३ करोड ८० लाख, प्रभु बैंकको २ करोड ७६ लाख र शिवम् सिमेन्ट्सको १ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।