नेपाल ल्यूब आयलको ३५ % बोनस प्रस्ताव, बुकक्लोज कहिले ?

काठमाडौं । नेपाल ल्यूब आयलले आफ्नो ३० औ वार्षिक साधरण सभा असोज १८ गते बोलाएको छ । कम्पनीले साधरण सभामा ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बोनस र नगद लाभांश दिन लागेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बुकक्लोज असोज ५ गते तोकिएको छ । उक्त दिनसम्म सेयर किन्नेले बोनस प्राप्त गर्नेछन् । असोज १८ गते बुकक्लोज बन्द हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स