अरुण काबेलीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जसअनुसार कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार ५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ५ लाख ६ हजार ५७ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही कात्तिक ३० गते आफ्नो १२ औं वार्षिक साधारणसभा डोकेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

जसअनुसार कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स