लक्ष्मी क्यापिटलको साधारणसभा कार्तिक २७ गते, यस्ता छन् प्रस्ताव

काठमाडौं । लक्ष्मी क्यापिटल घोषणा गरेको लाभांश वितरणको लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष कार्तिक २७ गते साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

कम्पनीको सभामा पेश हुने प्रस्तावः

विशेष प्रस्ताव

१) कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने ।

२) प्रस्ताव नं.१ बमोजिमको बोनस सेयर जारी गरेपछि कम्पनीको पुँजी वृद्धि हुने हुँदा सोलाई समेत समावेश गरी कम्पनीको प्रबन्धपत्र नियमावलीमा भएको पुँजी सम्बन्धी व्यवस्थामा संशोधन गर्ने ।

सामान्य प्रस्ताव

१) चौधौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७८÷७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने ।

३) आव २०७९/८० को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । ४) आव २०७८/०७९ को संचित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशतको दरले नगद लाभांश (प्रस्तावित बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) प्रदान गर्ने सम्बन्धी संचालक समितिको प्रस्ताव स्वीकृति गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स