काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१३ अंक विन्दुमा आइपुगेको छ ।
आज १५ लाख ४६ हजारको कित्ता सेयर ५० करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ, डेभलपमैन्ट बैंक र इन्भेष्टमेन्ट बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।
आज ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सयपत्री हाइड्रोपावरमा ९.९७ प्रतिशतको सर्किट लागेको छ ।
आज अभियान लद्युवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ६९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, गरिमा विकास बैंकको २ करोड ६७ लाख, एभरेष्ट बैंकको २ करोड ४९ लाख, नबिल बैंकको २ करोड ३७ लाख र एनआईसी एशिया बैंक १ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।