काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले कात्तिक २ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आईपीओ निष्कासनको लागि आवेदन दिएको छ ।
कम्पनीले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आइरहेको छ।