१२ अंकले घट्यो नेप्से, ३ कम्पनीमा लाग्यो सर्किट, सोल्टी होटल सहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ अंक विन्दुमा आइपुगेको छ ।

आज २१ लाख ५१ हजारको कित्ता सेयर ६४ करोड ३६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा १० प्रतिशत, सयपत्री हाइड्रोपावरमा ९.९९ प्रतिशत र सिटिजन्स म्यूचल फण्ड–२ मा ९.९४ प्रतिशतको सर्किट लागेको छ ।

आज सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नबिल बैंकको २ करोड ४१ लाख, रिदि पावरको २ करोड ३३ लाख, हिमालयन डिस्टिलरीको १ करोड ८६ लाख र एनआईसी एशिया बैंक १ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स