बाराही हाइड्रोपावरको आईपीओमा शुक्रबारबाट आवेदन दिन सकिने

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शुक्रबार (कार्तिक ४ गते)देखि आयोजना प्रभावित स्थानीयहरुको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको सबै वडाका स्थानीयलाई आईपीओ निष्काशन गर्न लागेको हो । जस मध्ये वडा नम्बर १, ४, र ५ बढी प्रभावित रहेका छन् ।

कम्पनीले यी स्थानका स्थानीयलाई प्रति सेयर १०० अंकित दरका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा स्थानीयले छिटोमा कार्तिक १८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । सेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

आयोजना प्रभावितलाई आईपीओ निष्काशनपछि कम्पनीले आम सर्बसाधारणलाई ४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने छ । स्थानीय र सर्बसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स