सामान्य अंकले घट्यो नेप्से, दुई कम्पनीमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २.६१ अंकले घटेर १८५८.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज १६ लाख ३१ हजारको कित्ता सेयर ५१ करोड ५८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ, ट्रेडिङ, होटल एण्ड टुरिजम, नन् लाइफ इन्सोरेन्स, अन्य र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा ९.९९ प्रतिशत र सयपत्री हाइड्रोपावरमा ९.९६ प्रतिशतको सर्किट लागेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २ करोड ७९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, प्रभु बैंकको २ करोड ६१ लाख र रिडी हाइड्रोपावरको २ करोड २६ लाख, हिमालयन डिस्टिलरीको १ करोड ८० लाख र प्राइम कमर्सियल बैंकको १ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स