इष्टर्न हाइड्रोपावरको आईपीओमा १४ गुणा बढी आवेदन

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा १४ गुणा बढी आवेदन परेको छ ।

आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ७ लाख ६६ हजार १४० वटा आवेदनबाट ८७ करोड २८ लाख ५६ हजार रुपैयाँ बराबरको ८७ लाख २८ हजार ५६० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता सेयरको १४ गुणा बढी हो ।

कम्पनीले स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा बिक्री नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले कार्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स