नेप्से ९ अंकले घट्दा अभियान लघुवित्तमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिद बिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ७४ हजारको कित्ता सेयर ८० करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैंकिङ र मेन्यू एण्ड प्रो बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ३० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

आज एभरेष्ट बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, गरिमा विकास बैंकको ४ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ३२ लाख, शिवम् सिमेन्ट्सको २ करोड ९९ लाख र रिडी हाइड्रोपावरको २ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स