संस्थागत सेयरधनीले सेयर खरिद नगरेपछि जनउत्थान सामुदायिक लघुवित्तले २५ हजार सेयर बिक्री गर्ने

काठमाडौं । संस्थागत सेयरधनीले सेयर खरिद नगरेपछि जनउत्थान सामुदायिक लघुवित्तले सेयर बिक्री गर्ने भएको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । बुटवल केन्द्रिय कार्यालय रहेको लघुवित्तले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको सो सेयर बिक्री गर्ने जनाएको हो ।

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन् । १५ दिनभित्र खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई लिखित निवेदन पेस गर्न लघुवित्तले अनुरोध गरेको छ ।

यसअघि संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र सेयर किन्न लघुवित्तले अनुरोध गरेको थियो। तोकिएको समयमा संस्थापकबाट आवेदन नपरेपछि उसले आवेदन खुला गरेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक सेयर बिक्रि गर्दा कायम सेयरधनीलाई पहिलो प्रथमिकता दिनुपर्ने हुन्छ । सेयरको न्यूनतम मूल्य लघुवित्तले नौ सय रुपैयाँ तोकेको छ । तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स