सेबोनमा ४ निर्देशकसहित २३ जनालाई जागिर खुल्यो (सूचनासहित)

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ४ निर्देशकसहित विभिन्न पदमा दरखास्त खुलाइएको छ । सेबोनले आज शनिबार एक सूचना जारी गरेर निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३ जनालाई जागिर खुलाइएको हो ।
सेबोनमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाइएको हो। सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ ।

इच्छुक उम्मेदवारले आउँदो कात्तिक १७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ । तोकिएको अवधिमा आवेदन दिन नभ्याउनेले दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सक्ने सेबोनले आज प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ । परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने सेबोनले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स