अपर लोहोरे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । अपर लोहोरे हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असोज १३ गते आईपीओ निष्काशन अनुमति काम गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर निष्काशनको लागि एनआईसी एसिया बिक्री प्रबन्धकको रुपमा चयन गरेको छ ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले सेयर निष्काशन गर्ने छ । कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स