काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पिपुल्स पावर लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । आइतबार दुवै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
आइतबारबाट यी दुवै कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने र पर्सि शनिबार परेकोले आइतबारबाट यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
जसअनुसार पिपुल्स पावरको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४.९६ रुपैयाँदेखि २८४.८८ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । आइतबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ । कम्पनीको एएी सिम्बलबाट कारोबार हुने छ ।
त्यस्तै, सयपत्री हाइड्रोको ३० लाख कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६४.९६ रुपैयाँदेखि १९४.८८ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । आइतबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ । कम्पनीको क्एज्ी सिम्बलबाट कारोबार हुने छ ।