नेप्से घटेर १८५५ विन्दुमा, दुई कम्पनीमा लाग्यो सर्किट, नबिल बैंकको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज १७ लाख ६७ हजारको कित्ता सेयर ५५ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ, होटल एण्ड टुरिजम र म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समिट लघुवित्तमा १० प्रतिशत र अभियान लघुवित्तको सेयरमा ९.९८ प्रतिशतको सर्किट लागेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नेपाल लाइफ इन्सोरेन्सको २ करोड ४३ लाख, हिमालयन पावर पार्टनरको २ करोड १८ लाख, रिडी पावरको २ करोड ७ लाख र नेपाल टेलिकमको १ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स