मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने, राष्ट्र बैंकको यस्तो छ शर्त

काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले ३५ प्रतिशत हकप्रद निष्काशन गर्ने समहति गरेको हो । कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी ४५ करोड २० लाखको १ः०.३५ (३५ प्रतिशत) को अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि सहमति प्रदान गरिदिनको लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । राष्ट्र बैंकले कम्पनीको वार्षिक साधारण सभा÷बिशेष साधारण सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद सेयर जारी गर्नको लागि सहमति प्रदान गर्ने शर्त राखेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स