यी हुन् आइतबार धेरै उचालिएका कम्पनीहरू, हिमालयन एभरेष्टकै पौने २३ करोडको कारोबार

काठमाडौं । आज नेप्सेमा सूचीकृत भएका २२४ कम्पनीका २५ लाख ३३ हजार ३९३ कित्ता सेयर कारोबार भएको छ । सो कारोबारबाट ८३ करोड ६८ लाख ७३ हजार १४० रुपैयाँमा किनबेच भएको हो । बढी सेयर कारोबार गर्ने कम्पनीहरूमा साउन १ गतेबाट एकीकृत कारोबार गरेको हिमालय एभरेष्ट कम्पनीले सबैभन्दा बढी कारोबार गरेको छ ।

यो दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक २२ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । नबिल बैंकको ३ करोड ५१ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख रुपैयाँ, अपी पावरको १ करोड ८९ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ७७ लाख रुपैयाँ सेयर किनबेच भएको छ ।

सेयर कर्जा घटाउन राजेन्द्र खेतानले बेचे १ अर्ब रुपैयाँको लक्ष्मी बैंक र एभरेष्ट इन्स्योरेन्स सेयर

गोर्खाज फाइनान्सको १ करोड ६३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ५४ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको १ करोड ४८ लाख रुपैयाँ, नेपाल टेलिकमको १ करोड ४४ लाख रुपैयाँ र अरुण काबेली पावरको १ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कुन कम्पनीले कमाए, कुनले गुमाए ?

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंक र उपकार लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन् । यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ ।

यो दिन ओरियलन्ट होटेलका सेयरधनीहरुले धेरै गुमाएको छ । यो कम्पनीको सेयरभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । दशैँपछिको पहिलो दिन खुलेको सेयर बजारमा नेप्से परिसूचक ४४ अंकभन्दा बढीले बढेको छ । ९ दिनपछि खुलेको बजारमा नेप्से सूचक ४४.६२ अंकले बढेर १८९८.३८ को बिन्दुमा पुगेको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स