पहिलो दिन नै ४४ अंकभन्दा बढीले बढ्यो नेप्से परिसूचक

काठमाडौं । दशैँपछिको पहिलो सेयरबजारमा हरियाली छाएको छ । आज आइतबार नेप्से परिसूचक ४४ अंकभन्दा बढीले बढेको छ । ९ दिनपछि खुलेको बजारमा नेप्से सूचक ४४.६२ अंकले बढेर १८९८.३८ को बिन्दुमा पुगेको हो।

आज कारोबारमा आएका २२४ कम्पनीका २५ लाख ३३ हजार ३ सय ९३ कित्ता सेयर खरिदबिक्रिबाट ८३ करोड ६८ लाख ७३ हजार १ सय ३९ रुपैयाँ ८३ पैसा बराबरको कारोबार भएको छ ।

जस मध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक २२ करोड ६९ लाखको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख, अपि पावरको १ करोड ८९ लाख र शिवम सिमेन्टको १ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ९.९५ प्रतिशत बढेको छ भने उपकार लघुवित्तको सेयर मूल्य ९.८४ प्रतिशत बढेको छ । त्यस्तै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य ८.७० प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.२३ तथा एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.९७ प्रतिशत बढेको छ । आज कारोबारमा आएका मध्ये सर्वाधिक गुमाउने शिर्ष ५ को सूचीमा ५ वटै सामुहिक लगानी कोष योजनाका इकाईहरू रहेका छन् ।

आज कारोबारमा आएका मध्ये सबै सबै समूहगत सूचक बढेको छ । जस मध्ये फाइनान्स समूह सर्वाधिक ४.६९ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ४.५ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स